बिहिबार, बैशाख १३, २०८१

धनगढी विष्फोटबाट आम नागरिकमा परेको असहजताप्रति दुःख व्यक्त

काठमाडौ साउन ४ , बिहीबार साँझ धनगढीमा भएको बम विष्फोटको जिम्मा लिदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उक्त विष्फोटमा मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई सहिद घोषणा गरेको छ ।

विप्लव समुहका सेती महाकाली इन्चार्ज निर्माणले शुक्रबार जारी विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा ज्यान गएको जनाउँदै यसबाट आम नागरिकमा परेको असहजताप्रति दुःख व्यक्त गरेको छ । केपी ओलीको सामाजिक फासिवाद सरकारले लिनुपर्ने विप्लव समूहले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा धनगढी उपमहानगरपालिका सहिदगेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा शहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह ‘राजेश’ लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गर्दै उहाँप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्र्दछौ भन्दै घटनामा परि घाइते भएका सर्वसाधारणको स्वास्थयलाभको कामना सहित उपचारको व्यवस्था पार्टीले गर्ने जनाएको छ । साथै प्रस्तुत घटनाको मुल कारण केपी ओलीको सामाजिक फासिवाद सरकार भएको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।