बिहिबार, बैशाख १३, २०८१

त्रि.वि.वि.मा स्वर्ण पदकको व्यापार, रिसवतको बलमा कोइराला र भट्टराईले प्राप्त गरेका डिग्री र स्वर्णपदक, धरापमा

त्रिभुवन विश्वविद्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यले  आर्थिक लाभ सहित स्वर्ण पदको व्यापार गर्दै  आएको खुलासा………….

काठमाडौ असार २३, परीक्षार्थीको परीक्षा परिणाममा प्राप्ताङ्क फेरबदल गर्ने जस्तो अपराधिक तथा अनियमिता गर्दै आर्थिक लाभ सहित स्वर्ण पदको व्यापार गर्न पल्केका त्रिभुवन विश्वविद्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट भएको अनुसन्धानको क्रममा निज कर्माचार्यले एकपछि अर्को गर्दै विश्वविद्यालयमा विभिन्न विषयमा सर्वोत्कृष्ट अंक दिलाउँदै आर्थिक लाभ लिने गरेको खुलासा भएको छ ।

आयोगका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी कर्माचार्यसंगको मिलोमतोमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका राष्ट्रसेवक शिक्षक सुरेन्द्र प्रसाद कोईराला र बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वरमा का।मु प्रशासनिक अधिकृत छैठौ तहमा कार्यरत राष्ट्रसेवक कर्मचारी केदार भट्टराईले परीक्षामा आर्थिक मोलमोलाइ सहित अंक थप गर्न लगाइ स्वर्ण पदक प्राप्त गरेको जनाएको छ ।

साथै आयोगले आज जारी विज्ञप्तिमा कोईरालाले नतिजा फेरबदल गर्न तीन संकायका १५ वटा विषयमा ३ नम्बर देखी ५० नम्बरसम्म गरी कूल २२४ अंक थप गर्न लगाएको, त्यस्तै केदार भट्टराईबाट रु ३,लाख रुपैयाँ लिई निज केदार भट्टराईको ५ वटा पेपरमा १०/ १० नम्बरका दरले ५० अंक थप गर्न लगाउँदै प्रथम श्रेणीमा उत्तिर्ण गराएको जनाएको छ ।

आयोगका अनुसार सुरेन्द्र प्रसाद कोईरालाले हासिल गरेका Master’s Degree in Economics, Rural Development र Sociology संकायका १५ वटा पेपरमा ३ नम्बर देखी ५० नम्बर सम्म गरी कुल २२४ अंक थप गर्न सुरेन्द्र प्रसाद कोईरालाबाट रु १ लाख ५० हजार  र केदार भट्टराईले हासिल गरेको Master’s Degree in Economics संकायको ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गर्न सुरेन्द्र प्रसाद कोईराला मार्फत दिएको रु.३ लाख रुपैयाँ गरी जम्मा रु. ४ लाख ५० हजार रुपैयाँ  रिसवत लिएको जनाएको छ ।  यसैवीच रिसवतको बलमा कोइराला र भट्टराईले प्राप्त् गरेका स्वर्णपदक, र डिग्री समेत धरापमा परेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।