बिहिबार, चैत्र १५, २०८०

टुङ्गइयो नेकपाको एकता प्रक्रिया , ५ गते सचिवालय बैठकले अनुमोद गर्ने

काठमाडौ असार ३१ , प्रमुख सत्ता रुढ दल नेकपाको एकता प्रक्रियाको गृहकार्य पैर्ण भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आज पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याउनुभएकोे महासचिव विष्णुप्रसाद पौडेललाइ उदृत गर्दै हामा सहकर्मीले जनाएको छ ।

महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा समेतको उपस्थितीमा भएको बैठकले सहभागी पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत कामकारवाही समेत सम्पादन गरेको र प्रस्तुत कार्य सम्पादन प्रतिवेदन साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा अनुमोदनार्थ पेश हुने बताईएको छ।

यसअघि आजै नेकपा अध्यक्ष प्रचण्डले ललितपुरमा आयोजित एक कार्यक्रममा पार्टी आत्मकेन्द्रित, अहंकार, गुटबन्दीमा रमाइरहने हो भने जनताले सबक सिकाउने बताउँदै एकता प्रक्रियालाइ मुर्तता दिन अलमल गर्न नहुँने बताउनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।