शुक्रबार, चैत्र १६, २०८०

ज्ञानको गरिमा अभिवृद्धिका लागि योगदान दिने गुरुहरु सम्मानीत

काठमाडौं असार ३१ , आज आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने आ आफ्ना गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइदैछ । यसै अवसरमा आज राजधानीके कामपा वडा न.१३ स्थित सामुदायिक विधालयको क्रमाङ्कमा अग्रणी स्थानमा रहेको ज्ञानोदय विद्यालयका पूर्व विद्यार्थीहरुको साझा संस्था ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान)ले विद्यालयका शिक्षक, पूर्व शिक्षक र कर्मचारीलाई एक कार्यक्रमकावीच गुर पुजन सहित सम्मान गरिएको छ ।

गुरु पुजन तथा सम्मान कार्यक्रममा ज्ञानका पूर्व अध्यक्ष साधुराम गौतमले गौरव अभिवृद्धिका लागि अहोरात्र व्यवस्थापकीय सुधार सहित शैक्षिक उन्नयनसंगै विधालयको गरिमा अभिवृद्धिका लागि महत्वपूर्ण योगदान गर्दै आउँनु भएका विद्यालयका सल्लाहकार वीरेन्द्र वहादुर थपलिया सहित गुणस्तरीय शिक्षा प्रवाहका लागि योगदान गर्नुहुने पूर्व शिक्षिकाहरु क्रमशः गुलशन प्रधान, सुजन कुवँर, कमल सिख्राकारलाइ सम्मान गर्नु भएको छ ।
त्यसै अवसरमा विद्यालयको प्रशासनिक क्षेत्रमा विगत लामो समयदेखि महत्वपूर्ण योगदान दिंदै आउनु भएका कर्मचारी रमेश धिताल र शिक्षक प्रकाश काफ्लेलाई समेत विशेष सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साधुराम गौतमले अभाव र प्रभावकावीच पनि ज्ञानले आफनो स्थापना कालदेखि नै सामाजिक, मानविय र परोपकारी प्रारुका कार्यक्रम सञ्चालन गर्दै ज्ञानलाइ ज्ञानको आधारस्तम्भ बनाउँन संस्था प्रतिवद्ध रहेको बताउँनु भएको छ । साथै उहाँले समाजको प्रस्तुत कार्यबाट शिक्षक विद्यार्थीवीचमा सुमधुर सम्वन्ध कायम गर्न सघाउ पुग्ने विस्वास समेत व्यक्त गर्नु भएको थियो ।

ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व वीरेन्द्र वहादुर थपलिया विशिष्ट अतिथि धनञ्जय शर्मा अधिकारी , विद्यालयका प्र.अ. नातिकाजी महर्जन ज्ञानका निवर्तमान अध्यक्ष अर्जुन गौतम र सुन्दर वहादुर के.सी. लगायतले आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।