बिहिबार, बैशाख ६, २०८१

जलवाष्पयुक्त वायुको प्रभाव: बुधबार र बिहीबार देशभर वर्षाको सम्भावना

काठमाडौ साउन ७, मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेखभएअनुसार बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने उल्लेख गरिएको छ ।

महाशाखाकाअनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी सम्भावना औल्याएको छ भने बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै महाशखाले भारी वर्षाका कारण विशेषगरी पहाडी भू–भागमा पहिरो जानसक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्नसक्ने र  हवाई तथा सडक यातायातमासमेत प्रभावित हुँन सक्ने भएकाले सतर्कता अपनाउन जरुरी रहेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।