बुधबार, बैशाख १२, २०८१

जनस्वास्थ्यमाथि खेलवाद गरेको भन्दै प्रम केपी ओलीको पुत्ला जलाइयो

काठमाडौ असार २५, भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने सरकारको निर्णय विरुद्ध आज राजधानीमा नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीले प्रदर्शन गरेका छन् ।

राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा विद्यार्थीले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनको क्रममा भारतबाट आयात हुने तरकारी फलफुलमा विषादी जाँच नगर्ने सरकारी निर्णय जनघाती भएको भन्दै जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न तत्काल विषादी जाँच सुरु गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला समेत दहन गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।