बुधबार, बैशाख १२, २०८१

छोरीले गरे जन्म दिने आमाको नियोजित हत्या, हाम्रो समाज कता जाँदैछ ?

छोरी सहित चार हत्यारा पक्राउ

काठमाडौ असार १६ कुर्कमी वावुले आफ्नै छोरीलाइ बलात्कार गर्ने जस्ता घटना घट्दै आएको हाम्रो समाजमा अव आफ्नै छोरीले जन्म दिने आमाको नियोजित हत्या गर्छन भने अरुको के कुरा गर्नु । हो प्रस्तुत घटनाले समाजमा मानवीय संम्वेदना अव पूर्ण नष्ट भइसकेको र समाज दिनानुदिन अराजकता तर्फ उन्मुख भएको पुष्टि भएको छ ।

आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनाअनुसार निर्मम रुपमा घाँटी रेटेर भएको र यस घटनामा प्रत्यक्ष मृतककी छोरी ईश्वरी भट्टराईको सग्लनता रहेको महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी खुलासा गरेसंगै हाम्रो समाज कता जाँदैछ भन्ने यक्ष प्रश्न उब्जिएको छ ।

प्रस्तुत घटनामा प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेसंगै मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने नियोजित योजना मुताविक आमाको हत्या रहस्यको खुलासा भएको जनाएको छ ।

साथै प्रहरीले आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानबाट खुलासा भएको महाशाखाले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।