बिहिबार, बैशाख १३, २०८१

घुस लिएको अभियोगमा पक्राउ परेका नासु सोती विरुद्ध मुद्दा दायर

काठमाडौ साउन ९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका समाजिक विभागका नासु कृष्णप्रसाद सोतीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नासु सोतीलाइ सेवाग्राहीसँग रु १ लाख ७ हजार घुस रकम सहित पक्राउ गरेको थियो । त्यस्तै आज दायर मुद्धामा बिगो असुल गरी कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रनानिद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै रु १८ हजार घुस मागेको आरोपमा आज लागेको छ । आयोगटोलीले प्रनानिद्वयलाइ काठमाडौ महानगरपालिकावडा न,८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको काउन्टर अगाडिबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।