शुक्रबार, बैशाख १४, २०८१

गैरकानूनी काममा संलग्न १९ जना प्राविधिकको करार सम्झौता भङ्ग गर्दै कारवाही

काठमाडौ असार १७, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको क्रममा विभिन्न जिल्लाका स्थानीय तहमा खटाइएका १९ जना प्राविधिकको करार सम्झौता भङ्ग गरी गैरकानूनी काममा संलग्न रहेको भन्दै करार सम्झौता भङ्ग गर्दै कारवाही गरेको छ ।

प्राधिकरण सम्वद्ध स्रोतका अनुसार भूकम्पपीडितबाट गैरकानूनीरुपमा रकम असुलेको, पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएका निर्देशन पालना नगरेका कारण कारवाही गरिएको बुझिएको छ ।

त्यस्तै प्राधिकरणको कारवाहीमा पर्नेमा नुवाकोट काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक र दोलखा, धादिङ, भोजपुर र सोलुखुम्बुमा कार्यरत क्रमस १२ इञ्जिनीयर, ५ सव–इञ्जिनीयर र २ सहायक सव–इञ्जिनीयर रहेको थाहा भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।