शुक्रबार, बैशाख ७, २०८१

 खण्डग्रास चन्द्रग्रहण: बाह्र राशि मध्ये चार राशिका लागि मात्र उत्तम

काठमाडौ असार २४, आगामी असार ३१ गते मङ्गलबार शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेबाट स्पर्शकाल राती ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ भने ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने ज्योतिष विज्ञरुले जनाएको छ ।

ज्योतिषमत अनुसार असार ३१ गते मंगलबार दिउँसो ४ बजेर ४६ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेकले भोजन नगर्नु उत्तम मानिएको छ । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने भएका कारण प्रस्तुत ग्रहण नजर गर्न नहुने अवस्था छ ।  त्यस्तै प्रस्तुत ग्रहण  १२ राशि मध्ये कर्कट, तुला, कुम्भ र मीन राशिका लागि अनुकुल भएपनि मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि ग्रहण नजर सम्म गर्न सकिने बताईएको छ ।

ग्रहण को फल :  राशि अनुसार निम्नानुसारको फल प्राप्त हुने बताइएको छ । मेष राशि मान नाश, वृष राशि कष्ट, मिथुन राशि स्त्रीपिडा, कर्कट राशि सुख, सिंह राशि चिन्ता, कन्या राशि व्यथा तुला राशि श्रीप्राप्ती, वृश्चिक राशि क्षती, धनु राशि घात, मकर राशि व्यय, कुम्भ राशि लाभ, मिन राशि सुख प्राप्त हुने योग रहेको छ ।

त्यस्तै ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु