बिहिबार, चैत्र १५, २०८०

केन्याको मुम्बासा रङगीला डान्सबारबाट यसरी गरियो एक दर्जन नेपाली चेलीको उद्धार

काठमाडौ साउन ४ , वैदेशिक रोजगारीको नाममा अफ्रिकी मुलुक केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा कार्यरत एक दर्जन नेपाली महिलाहरुलाई उद्धार गरी नेपाल ल्याई आफन्तको जिम्मा लगाइएको छ ।

मानव तस्करको संगठित गिरोहका द्दारा विभिन्न मितिमा भारत हुँदै केन्यास्थित रंगिला डान्सबारमा पुगेको ति एक दर्जन नेपाली महिलाहरु केन्यामा पक्राउ परेको भन्ने बिभिन्न पत्रपत्रिका र सामाजिक सन्जालमार्फत समाचार भाइरल भएसंगै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धामा रङगीला डान्सबारमा काम गर्दै आएकाको ति १२ नेपाली युवतीको उद्धारका लागि नेपाल सरकारले कुटनीतिक पहलमा
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवसिय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।