मङ्लबार, चैत्र ६, २०८०

आपतकालीन निर्णय व्यक्तिवादी नभइ संस्थागत हित प्रयोजनमानै केन्द्रीत : लायन अध्यक्ष शाही

काठमाडौं असार २१ , लायन्स क्लव नेपाल जर्नालिष्टको वार्षिक बैठक शुक्रवार राजधानीमा सम्पन्न भएको छ । क्लवका चार्टर अध्यक्ष लायन योगेन्द्र प्रताप शाहीको सभापतित्वमा सम्पन्न उक्त बैठकले क्लवको तर्फबाट लायन वर्ष २०१८ १९ मा सम्पन भएको कार्यक्रमको समिक्षात्मक प्रतिवेदन पारित गर्नुको अलावा निर्वमान क्लव सचिव लायन श्रीजन झालाइ तृतिय भिडिजीमा मनोनयन गरेको छ ।

त्यस्तै क्लका नयाँ सचिवको जिम्मेवारीमा लायन यज्ञ बहादुर ढकाललाइ दिईएको जिम्मेवारीको अनुमोदन गरको छ । त्यस्तै बैठकले नयाँ सदस्य ग्रहण गर्दै क्लव प्रवेश गर्नुभएका लायन दामोदर प्रसाद दवाडी, लायन प्रवीन चौधरी, लायन केशव अर्याल र लायन देवराज प्रशाइलाइ स्वागत सहित क्ल्व पिन हस्तान्तरण गरिएको थियो ।

त्यस्तैगरि सञ्चार क्षेत्रबाट समाजसेवाको क्षेत्रमा केहि गरौ भन्ने मनोभाव सहित गठन भएको एलसी नेपाल जर्नालिष्ट क्लवका संस्थापक अध्यक्ष लायन योन्द्र प्रताप शाहीले बैठकमा आफ्ना भनाइ राख्ने क्रममा क्लवलाइ चलायमान बनाइराख्न र यसवीचमा सिर्जना हुने अनेकन उल्जनको सम्बोधन गर्न अपरझट कुनै निर्णय हुनु स्वभाविक रहेको बताउँदै यसरी हुँने वा गरिने निर्णय व्यक्तिवादी नभइ संस्थागत हित प्रयोजनमानै केन्द्रीत रहने र क्लवले व्यक्तिवादी हितार्थ कुनै निर्णय नगरिने बताउँनु भएको छ ।  साथै उहाँले कथम कदाचित त्यस्तो कुनै निर्णय गर्नुपर्ने भएमा सामुहिक छलफपछि मात्रै हुनेमा विस्वस्त हुँन क्लव सदस्यहरुलाइ आग्रह गर्नु भएको छ ।

साथै उहाँले केहि समयको अन्तरालमानै नयाँ क्लव सदस्यहरुका लागि ओरिन्टेशन कार्यक्रम संगै पदस्थापना कार्यक्रमको आयोजना गरिने बताउँनु भएको छ । त्यस्तै बैठकले महिला लायन सदस्यको भेला, लगायतका रचनात्मक कार्यक्रमको आयोजना गर्ने नितिगत निर्णय गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।