बिहिबार, बैशाख १३, २०८१

आज खण्डग्रास चन्द्रग्रहण: १२ राशि मध्ये कुन राशिलाइ कस्तो प्रभाव ?

काठमाडौ असार ३१, असार आज आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आजको ग्रहण मुलत उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर रहेको ज्योतिषविज्ञहरुको अभिमत रहेको छ ।  कर्कट, तुला, कुम्भ र मीन राशि भएका व्यक्ति वाहेक अन्य राशि अर्थात मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि पनि ग्रहण हेर्न नहुनेले ज्योतिषविज्ञहरुले बताएका छन ।

ग्रहण को फल :  राशि अनुसार निम्नानुसारको फल प्राप्त हुने बताइएको छ । मेष राशि मान नाश, वृष राशि कष्ट, मिथुन राशि स्त्रीपिडा, कर्कट राशि सुख, सिंह राशि चिन्ता, कन्या राशि व्यथा तुला राशि श्रीप्राप्ती, वृश्चिक राशि क्षती, धनु राशि घात, मकर राशि व्यय, कुम्भ राशि लाभ, मिन राशि सुख प्राप्त हुने योग रहेको छ ।

ग्रहणका समयमा संभव भए तीर्थस्थलमा नसके नजीकका नदी सम्भव नभए घरमै स्नान गरि जपतप पूजा पाठ गर्दा राम्रो हुने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ भने ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकबास हुने समेत धार्मिक ग्रन्थमा उल्लेख रहेको बताईएको छ ।

त्यस्तै अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध गरिएको बताउँदै राति १ः४६ बजेदेखि स्पर्श शुरु भइ बिहान ३ः१५ मा ग्रहणको मध्यकाल बिहान ४ः४५ मा मोक्ष अर्थात् ग्रहण समापन हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।