नेपालको तर्फबाट १६७ सेमीमाथिको स्पर्धामा नरेश र मल्लिकालाइ स्वर्ण
काठमाडौं साउन ५ , राजधानीमा सम्पन्न १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत नेपालको तर्फबाट पुरुष एथलेटिक्स फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिँजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका छन ।
त्यस्तै पुरुष एथलेटिक्स फिजिकमा भारतका नकुल कौशलले रजत र मालदिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिँजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य पदक जितेका छन । प्रतियोगिताको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान जितेका छन भने पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्यपदक जितेका छन ।
साथै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य र ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो स्थान हात पार्न सफल भएका छन ।
प्राप्त जानकारी अनुसार जुनियर पुरुषतर्फ मालदिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य पदक प्राप्त गरेका छन भने पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र मालदिभ्सका अहमद फजिलले कांस्य पदकजित्न सफल भएको छ ।
त्यस्ैगरि च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जितेका छन भने टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात जितेका छन । प्रतियोगिताका सम्पूर्ण विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक विशेष कार्यक्रमकावीच पुरस्कार प्रदान गनुृ भएको संघका अध्यक्ष राजेशवावु श्रेष्ठले जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- महानगर ११ मा काँग्रेसका उम्मेदवार तण्डुकार र २५ मा डंगोल निर्वाचित
- महानगर मतगणनाको अद्यावधिक विवरण : स्वतन्त्र उम्मेदवार वालेनको नाघ्यो ४० हजार मत
- काठमाडौं महानगर २४ मा काँग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७०१ पालिकाको नतिजा सार्वजनिक , काँग्रेस पहिलो स्थानमा
- महानगर वडा न ७ मा काँग्रेस उम्मेदवार होडा नेतृत्वको प्यानल निर्वाचित
- पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान