मङ्लबार, जेष्ठ १०, २०७९

मनसुन न्यून चापिय रेखा भारतको उत्तर प्रदेशमा, अझैपनि भारी वर्षा र पहिरोको संभावना

काठमाडौं   साउन १ , मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापिय रेखा भारतको उत्तर प्रदेश बिहार आसपास रहेका कारण मनसुनि गतिविधि क्रमस कम सक्रिय अवस्थामा रहेको जनाएको छ ।  यद्यपी महाशाखाका अनुसार हाल देशका पश्चिमि भू–भाग, मध्य भू–भागहरु साथै पूर्वी पहाडी भेगहरुमा सामान्य बदली छ भने पूर्वी तराईको भू–भागहरुमा आंशिक बदली कायम नै रहेको पहाडि भेगका केहि स्थानहरुमा   वर्षाको संभावना अझै रहेको जनाएको छ ।

यस्तो आगामी ३ दिनको मौसम पूर्वानुमान सूचना

साथै महाशाखाले दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना औल्याउँदे रातिको समयमा देशभर सामान्य वदलि रही देशका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।  त्यस्तै महाशाखाले आज जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान सूचनामा साउन १ गते  देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै राति देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा भारिवर्षा हुने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै साउन २ गते पनि देशभर आंशिक देखि सामान्य वदलि रहि देशको एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना रहेको  बताउँदै
रात्रीको समयमा समेत देशको एक वा दुइ स्थानमा भारि वर्षाको संभावना रहेको जनाएको छ ।

त्यस्तै साउन ३ गते पनि देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको जनाएको  छ । त्यस्तै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै महाशाखालेदेशको एक दूइ स्थानहरुमा हुने भारी वर्षाका कारण देशको पहाडी भू९भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केहि नदीहरुमा जलको वहाव स्तर हल्का बढ्न सक्ने सम्भावना औल्याएके छ । साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु