साझा यातायातलाइ प्रदेश सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरको तर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख लगानी जम्मा गरेर एकमुष्ठ विजुली बस किन्न ४५ करोडबाट बिजुली बस खरिद गर्ने
काठमाडौं असार १६ , नगरहरुलाई धुँवा धुलोमुक्त बनाउने लक्ष्य सहित काठमाडौंमा बिजुली बस चलाउन साझा यातायात प्रा. लि. मा करीब ४५ करोड रुपैयाँको शेयर लगानी थप हुने भएको छ । प्रदेश सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरकातर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख रुपैयाँ शेयर लगानी थप गरेर एकमुष्ठ ४५ करोड रुपैयाँबाट बिजुली बस खरिद गरिने भएको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘युरो ४ मापदण्डका सहरी बस सेवा शुभारम्भ र बिद्युतीय बस सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर’ कार्यक्रममा हस्ताक्षरपछि प्रदेश नं. ३ का तर्फबाट ३० करोड रुपैयाँ हस्तान्तरण गरियो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस्तै त्यस अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोही प्रयोजनका लागि २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा, काठमाडौं महानगरको ५ करोड तथा ललितपुर महानगरको १ करोड रुपैयाँ शेयर लगानीबाट प्राप्त भएको रकमबाट २० वटा युरो ४ मापदण्डका २० वटा सहरी सवारी सेवा पनि शुभारम्भ गरियो । मुख्य मन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, साझा यातायात प्रा. लि. सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितसहित प्रदेश सभा सदस्य र जनप्रतिनिधिहरुले संयुक्त रुपमा रिवन काटेर सेवा सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले, बिद्युतीय रकम भुक्तानी (इपेमेन्ट) का लागि ‘यात्रा कार्ड’ को शुभारम्भ गर्नुभयो भने काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले जारी गरेको ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गर्नुभयो ।
बिजुली बस सञ्चालन गर्ने सहमतिपत्रमा प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गर्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- माघ ९ गते प्रचण्ड-नेपाल समूहले ओली प्रतिगमन विरुद्ध वृहत जनप्रदर्शन गर्ने
- उपत्यकाका १३१ सहित देशभर थप २ सय ४० जनामा कोभिड संक्रमण
- लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने नेता सिंहको उद्घोष
- काँग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै
- संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने
- उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण
- झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ
- कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र
- कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति
- कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान