आइतवार, साउन ५, २०७६
BigTop ताजा

देशका अधिकांस ठाउँमा भिषण वर्षासँगै आकस्मिक बाढी पहिरोको जोखिम , सजग रहन आग्रह

काठमाडौ असार २६,  बाढी पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनमा देशभर ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आगामी ३ दिन देशका अधिकांस ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको जनाएको छ ।

महाशाखाले खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बताउँदै बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना औल्याउँदै पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने संभावना रहेको बताएको छ ।

साथै महाशाखाले आज बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दुधकोशी, सुनकोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा बहाब उच्च हुने पूर्वानुमान समेत वुलेटिनमा प्रकाशन गरेको छ ।

त्यसैगरि तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गर्दै शुक्रबार र शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको औल्याउँदै महाशाखालेविशेषगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५,६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

यसैगरी, मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun    
 123456
78910111213
14151617181920
21222324252627
28293031