शनिबार, अशोज ३, २०७७

जनकपुर उपमहानगरपालिकाका उपसचिव सुवेदी सहित ६ जना विरुद्ध मुद्धा दायर

काठमाडौ साउन १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा विद्युतीय सामग्री खरीद गर्दा अनियमितता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा आर्थिक अनियमिता गरेको पाइएको भन्दै आयोगले प्रमुख प्रशासकीय अधिकृत सुवेदी सहित छ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगद्दारा जारी विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सत्या इन्टरप्राइजेजसँग मिलेमतो गरी स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्रीहरू खरिद गरी आर्थिक अनियमितता गरेको र निजको यस कार्यमा मतियार बन्दै आर्थिक लाभ अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लालकर्ण, लेखापाल दिनेश चौधरी र नायबसुब्बा अब्दुल जव्वारले रु ११ लाख ३५ हजार ४११ बराबरको भ्रष्टाचार गरेको जनाएको छ । त्यस्तै आयोगले सत्या इन्टरप्राइजेजका सञ्चालक मनिषकुमार मिश्रविरुद्ध समेत विशेष अदालतमा समान बिगोसहित मुद्दा दायर गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु