सोमवार, अशोज २७, २०७६
खेलकुद ताजा

खेलकुदका कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न पत्रकारको भूमिका महत्वपूर्ण : अध्यक्ष श्रेष्ठ

काठमाडौ असार १६,  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिबनराम श्रेष्ठ र एशियाली खेलकुद पत्रकार महासंघ महासचिब तथा पाकिस्तान खेलकुद पत्रकार महासंघका अध्यक्ष अमजद अजिज मलिक बिच आज राजधानीमा भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा उहाँहरुवीच एप्स र नेपाल ओलम्पिक बिच नेपालमा हुन गइरहेको १३ औं दक्षिण एशियाली खेलकुदको सफलआयोजनाका लागि संयोजन गर्नु रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । पाकिस्तानमा रहेर खेलकुदमा कलम चलाउने मलिकले खेलकुद सम्बन्धी १४ वटा पुस्तक प्रकाशन गरेका छन भने २५६ हक्की खेलको कमेन्ट्री समेत गरिसकेका छन ।

भेटघाटका अबसरमा अध्यक्ष श्रेष्ठले खेलकुद बिकासका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउँदै भने–‘कुनै पनि खेलकुद कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै  खेलकुदको सवालमा सकारात्मक तथा निष्पक्ष समाचार सम्प्रेषण गर्न आवश्यक रहेकोमा विशेष जोड दिनु भएको छ । त्यस्तै त्यस अवसरमा अध्यक्ष श्रेष्ठले महासचिब मलिकलाई नेपाल ओलम्पिकका तर्फबाट मायाको चिनो प्रदान गर्दै एप्स र नेपाल ओलम्पिक मिलेर खेलकुदलाई माथी उठाउन सहकार्यका लागि आग्रह गर्नु भएको उल्लेख गरिएको छ ।

भेटवार्ताको क्रममा नेपाल खेलकुद पत्रकार मंचका पूर्ब अध्यक्ष निरजंन राजबंशी र अजय फुयाल र बरिष्ठ फोटो पत्रकार सुदर्शन रंजितको समेत उपस्थिती रहेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031