सोमवार, साउन ६, २०७६
BigTop ताजा

काँग्रेसले भन्यो- हत्या हिंसा र निषेधको नीति होइन,शान्तिपूर्ण समाधानको विकल्प रोज

काठमाडौ असार २५,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज भएको दोहरो प्रहरी र विप्लव समूहबीचको दोहरो भिडन्तको क्रममा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको उल्लेख गर्दै  यसकिसिमको घटना आफैमा गम्भीर भएको उल्लेख गर्नु भएको
छ ।

त्यस्तै विज्ञप्त्मिा मुलुकका विभिन्न स्थानमा यसअघि भएका र आजको घटनाले अव विषयलाई गम्भीर रुपमा लिन र समाधानको खोजी गर्न सरकार र विद्रोही दुवै पक्षलाई पर्याप्त दबाब बढाएको भन्दै काङ्ग्रेसले विद्रोही विप्लव समूहलाई हत्याहिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः अपिल गरेको छ ।

त्यस्तै संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्तामार्फत विश्वासमा लिने कर्तव्य सरकारको भएको बताउँदै । हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको काङ्ग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै काङ्ग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ । सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको काङ्ग्रेसले भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न समेत सरकार सँग माग गरेको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

सत्तारूढ र विद्रोही दुवै नेकपालाई संयुक्त चेतावनी र अपिल
“शान्तिपुर्ण समाधानको विकल्प रोज´´ !

१, भोजपुरमा आज रास्ट्रसेवक प्रहरी जवान सन्जिव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएका छन् भने विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइपनी घटनामा मारिएका छन् । नेपाली कांग्रेसले यो दु:खद घटनालाई गम्भीरतापूर्वक लिएको छ ।

,काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटना पश्चात् आज दुई युवाको जीवन समाप्तिको घटनाले अब विषयलाई बिशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेसले गरेको छ ।
, दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन l नेपाली कांग्रेस विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन अपिल गर्दछ l प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गराउन चाहन्छौं ।
४, संविधानलाई अस्विकार गरेर गतिविधि गरिरहेका सबै खाले समुहलाई वार्ता मार्फत विश्वासमा लिनेे कर्तव्य सरकारको हो lहिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ ।
५, विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीतिपनि गलत छ l दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्या यो l सो घोषणा पश्चात् समस्या समाधानको संकेत देखिएन बरु चर्किन त्यसले नकारात्मक ढंगले योगदान गर्योत l नेपाली कांग्रेस निषेधको नीति त्याग गरेर संवाद मार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको उहाँलाई स्पस्ट गर्न चाहन्छ ।
६, जनताको बलिदानिपुर्ण संघर्षहरुबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि अघि बढ्नु हामी सबैको साझा कर्तव्य हो । सत्तारूढ र विद्रोही दुवै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतको होलि नखेल्न हामी चेतावनी दिन चाहन्छौं l आजका उपलब्धिहरुको जगेर्नाका लागि गम्भीर बन्न हामी दुवै नेकपालाई अपिल गर्दछौं ।

७, सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ । जय नेपाल

विश्वप्रकाश शर्मा  ,प्रवक्ता

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun    
 123456
78910111213
14151617181920
21222324252627
28293031