शुक्रबार, भदौ ६, २०७६
ताजा राजनिती

उद्धार तथा राहतकार्यमा जुट्न राजपाको अपिल

काठमाडौ असार २८,  राजपा नेपालले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ ।

राजपाले जारी गरेको विज्ञप्तिमा विपद्को यस घडीमा बचाउ, उद्धार र राहतमा तदारुकताका साथ अगाडि बढ्न सङघीय र प्रदेश दुवै सरकारसँग आग्रह गर्दै उद्धार तथा राहतकार्यमा जुट्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं सहयोगीहरूलाई आह्वान समेत गरेको छ ।

त्यस्तै विज्ञप्तिमा पीडित जनतालाई तुरुन्त राहत र बचाउको कार्यमा नेतृत्व गर्न स्थानीय सरकारलाई आग्रह गर्दै राजपाले सरकारका अतिरिक्त बचाउ, राहत र उद्धारकार्यमा सहयोग गर्न अन्य राजनीतिक दल, नागरिक समाज, स्वंयसेवी संस्था, दातृ निकाय, अन्तर्राष्ट्रिय समुदायलाई समेत अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031