सोमवार, कार्तिक १०, २०७७

आज २०६ औँ भानुयन्ती विविध कार्यक्रम गरी मनाइँदै

२०६ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन गरिने

काठमाडौं असार २९,  आज आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा गरेको योगदानको सम्मान स्वरुप आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आचार्यको २०६औँ जन्मजयन्ती मनाउँने गरेको हो।

यसैक्रममा आज भानु प्रतिष्ठानले प्रभातफेरीसँगै प्रज्ञाप्रतिष्ठानको परिसरमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

मुलत आदिकवि भानुभक्तले आफ्नो प्रश्नोत्तर’ कृति मार्फत मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने वधूशिक्षामा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो । जीवनमा मानव र समाजका लागि काम गर्नुपर्छ भन्ने सामान्य घाँसीको व्यवहारको प्रशंशा गर्दै भानुभक्तले लेखेको कविताले नेपाली साहित्यलाई नयाँ आयाम सिर्जना गरेकै कारण भानुभक्तलाइ नेपालभित्र र बाहिरका नेपाली भाषाले श्रद्धा सम्मान गर्दै आइरहेका छन ।

यसैवीच २०६ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान गर्ने भएको छ । प्राप्त जानकारी अनुसार रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु