बिहिबार, अशोज २०, २०७९

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्दै आर्थिक लाभ लिने २८ विरुद्ध मुद्दा दायर

काठमाडौ जेठ ३०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा आज मुद्धा दायर गरिएका अभियुक्तहले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन अहम भूमिका खेलेको उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा सरकारी कागजात कीर्ते गरी दुई जिल्लाको विभिन्न कित्ता जग्गा कौशल भन्ने खैरुल हसन अन्सारीसमेतले आफूलाई लाभ र नेपाल सरकारलाई गैरकानूनी हानि पु¥याउने लक्ष्यका साथ मालपोत कार्यालयका कर्मचारीलाई समेत अनुचित प्रभाव पार्दै बदनियत कार्य कार्य गरेको उल्लेख गरिएको छ ।

भूमाफियाहरुबाट आर्थिक लाभ लिदै बदनियत कार्य गर्ने सरकारी अधिकारीहरु क्रमस मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पौडेल, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायब सुब्बा रुद्रबहादुर देवकोटा, टङ्कप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदार सुशील रिजाल, सञ्जयकुकार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीले गैरकानूनीरुपमा लाभ लिएको अनुसन्धानको क्रममा पाइएको जनाएको छ ।

त्यस्तै बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बा कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदार भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा विचौलियाका रुपमा स्थानीय खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बृहस्पति खड्का र पप्पु धोवी रहेको जनाएको छ ।

त्यस्तै मुद्धा लागर गरिएकाहरु मध्ये मालपोत कार्यालय बाँकेका १४ जनाविरुद्ध रु दुई करोड १६ लाख ७३ हजार ५०, मालपोत कार्यालय बर्दियाका नौ जनाविरुद्ध रु दुई करोड ३० लाख दुई हजार ५०० र स्थानीय खैरुललगायत विरुद्ध रु चार करोड ४७ लाख ४५ हजार ५५० सहितको बिगो दाबी र कैद सजायको माग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31