बिहिबार, बैशाख १३, २०८१

गुठी विधेयकको विरोध गर्दै सडकमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप,माइतीघर मण्डला तनावग्रस्त

गुठी विधेयक सरकारी अराजकताको पराकाष्ठा : महासचिव भण्डारी

काठमाडौं जेठ २६ , सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा आज राजधानीमा सम्वद्ध एवम सरोकारवालाको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको छ ।

त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै प्रहरीले कृष्ण गोपाल श्रेष्ठ सहित महेशमान श्रेष्ठ, अनिष वैद्य, र विकास महर्जनलाई  पक्राउ गरेको छ । आन्दोलनका क्रममा घाइते भएका सजीव बज्राचार्य र महेश कारञ्जितको नर्भिक र न्यूरो अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त् भएको छ ।

यसैवीच गुठि विधेयकको बिरोध गर्ने प्रदर्शनकारी माथि  आज भएको प्रहरी हस्तक्षेप निन्दा गर्दै विश्वहिन्दू महासंघका महासचिव अस्मिता भण्डारीले आफनो सामाजीक सञ्जाल मार्फत सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 त्यस्तै महासचिव भण्डारीले आज भएको प्रहरी हस्तक्षेप शान्तिपूर्ण प्रदर्शन गर्न पाउँने नागरिकको मौलिक हकमाथिको प्रहार भएको बताउँदै सरकारले सरोकारवालासंग कुनै परामर्श नगरी एकतर्फीरुपमा ल्याईएको गुठी विधेयक सरकारी अराजकताको पराकाष्ठा भएको र सो विधेयकका कारण सनातनकाल देखि चल्दै आएको धर्म ,संस्कृति , मठ मन्दिर, सन्त महन्त माथि नियोजत प्रहारको परिपञ्च भएको  बताउँदै दर्ता गरिएको प्रस्तुत विधेयक तत्काल फिर्ता गर्न माग गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।