शुक्रबार, चैत्र १६, २०८०

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

काठमाडौं जेठ २२,  आज मुस्लिम समुदायले नमाजको वाचन सहित इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन गएराती चन्द्रमा देखिएपछि मनाइने इद उल फित्रको अवसरमा खुसीपूर्वक दिनदुःखी एवम् गरिबलाई दान गरेर भोजन गराउँदै मुस्लिम समुदायले इद उल फित्र मनाउँने गर्दछ ।

विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफुले मान्नु पर्ने मान्यजनकोमा गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिनु प्रस्तुत पर्वको विशेषता रहेको छ । त्यस्तै पर्वको अवसरमा सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने परम्परा वोकेको यस पर्वमा आफभन्दा न्यून आयभएका व्यक्तिको वृति विकास त्यस्तै राजीखुसी गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो सम्वद्ध समुहको जिकिर रहेको छ ।

वातस्वमा भन्नृ हो भने इद उल फित्र पर्वको अर्को उल्लेखनीय पक्ष भनेको इस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरामा व्यख्या गरिए अनुरुप वार्षिक आम्दानीको साढे दुई प्रतिशत नगद वा जिन्सी जकातका रुपमा गरिबलाई दान दिनु हो ।

त्यस्तै मुसलमान समुदायको जानेर वा नजानेर गरिएको यावत छुवाछुत लगायतका वार्षिक पापकर्म मोचनको लागि गरिने एक महिने रोजा सकिएपछि मनाइने इद उल फित्र मनाइने बताईएको छ । साथै विगतमा प्रस्तुत पर्वको अवसरमा राज्यले दिने गरेको सार्वजनिक विदा कटौती गरेपनि यसपटक देखि पुन विदा दिन आरम्भ गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।