शुक्रबार, बैशाख १४, २०८१

२६ जिल्लाका प्रजिअ र सप्रजिअको सरुवा को काँहा ?सूची सहित

काठमाडौ जेठ २१,  गृहमन्त्रालयले २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा र पदस्थापना गरेको छ। म‌ंगलबार मन्त्रालयले भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना गरेको हो।

मन्त्रालयद्दारा सार्वजनिक सूचीमा उल्लेखभएअनुसार गृहले जिल्ला प्रशासन कार्यालय डोटीका यादव सुवेदीलाई दाङ सरुवा गरिएको छ भने नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा तानिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीका द्रोण पोखरेललाई नुवाकोटमा सरुवा गरिएके छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय, उर्लाबारी मोरङका लक्ष्मण ढकाललाई जिल्ला प्रशासन कार्यालय रोल्पा पठाइएको छ भने मोरङमा झरेन्द्रप्रसाद चापागाईंलाई पदस्थापना गरिएको छ। यसैगरी पर्वतका प्रजिअ गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रजिअ, रोल्पाका प्रजिअलाई गङ्गाबहादुर एमसीलाई दाङको सहायक प्रजिअ र सिन्धुलीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयको सूचीमा उल्लेख रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।