शनिबार, बैशाख ८, २०८१

हजयात्रीको टिकटमा आर्थिक हिनामिना गर्ने अध्यक्ष शोऐब विरुद्ध मुद्धा दायर

काठमाडौं जेठ २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज मुद्धा दायर गरेको छ । हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा आव्हान गरेको बोलपत्रमध्ये कम अङ्कमा कबोल गर्नेलाई पाखालगाई बढी अङ्क पेश गर्नेसँग घुस लिई स्वीकृति दिदै आर्थिक अनियमिता गरेको भन्दै उनिहरुविरुद्ध मुद्धा दायर गरेको आगोगले जनाएको छ ।

त्यस्तै आज हज कार्य सम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब, उपसमितिका सदस्य अताबुल अन्सारी, मोहम्मद ईब्राहिम राइन, महमद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हजसमिति सचिवालयका सदस्यसचिव भीमराज पोखरेल, लेखापाल तीलकराज पन्त र हिना ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दाउद हुसैनविरुद्ध जनही ३८ लाख बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले ट्राभल्सले पेश गरेको बोलपत्र जमानतवापतको रु ३८ लाख जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरेर आपसी मिलेमतोमा गैरकानूनी निर्णय कार्यान्वयन गर्दै सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।