बिहिबार, चैत्र १५, २०८०

साधना बिजनेस प्रालिका सञ्चालकसहित ३ जनाविरुद्ध राजश्व छली मुद्दा

काठमाडौ असार १३,  राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित ३ जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएकाजनाएको छ ।

त्यस्तै विभागका अनुसार मुद्धा दायर गरिएका अभियुक्तहरुले मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको र  मालवस्तुको गुणस्तर एव उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छल्ने गरेको  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।