मङ्लबार, बैशाख ११, २०८१

समाचारका लागि समाचार लेख्ने प्रवृतिलाइ विश्राम दिन महानगर प्रमुख शाक्यको आग्रह

काठमाडौ जेठ २१ , नेपाल महासंघ उपत्यका प्रदेश समितिले राजधानीमा स्वरोजगार मुलुक सञ्चारमाध्यमको व्यवस्थापन एवम् महिला वालवालिका विषयक एक दिवशीय समाचार लेखन पत्रकारिता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिको सहकार्यमा आयोजित  प्रशिक्षण कार्यक्रमको औपचारिकसत्रमा   वोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले    सञ्चार जगतसंग सहकार्य गर्न महानगर सदैव तयार रहेको बताउँदै महानगरको विषयमा आग्रह पूर्वाग्रहको धरातलमा नभइ सकारात्मक तथा नकारात्मक दुवै विषयलाइ वस्तुनिष्ठ प्रारुपमा उजागर गर्नुपर्नेम जोड दिदै समाचारका लागि समाचार लेख्ने प्रवृतिलाइ विश्राम दिन आग्रह गर्नु भएको छ ।

त्यस्तै उहाँले सकारात्मक समाचारले महानगरको विकासमा नयाँ उर्जा दिन्छ भने नकारात्मक समाचारले आफुलाइ सच्चिन सहयोग गर्ने उहाँको भनाइ रहेको थियो । साथै उहाँले महानगरको समृद्धिका लागि महानगरको निती तथा कार्यक्रममा प्रदेश समितिको तर्फबाट सुझाव दिदै समृद्ध महानगर बनाउँने अभियानमा हातेमालो गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै पत्रकार महासंघ केन्द्रीय समितिका सचिव प्रकाश थापाले पछिल्लो समय नेपाली प्रेस जगतले यो वा त्यो नाममा झेल्दे आएको यावत प्रसंगप्रति प्रकाश पार्दै उपत्यका प्रदेश समितिले समयानुकल विकसीत  पछिल्लो प्रविधि संग साक्षात्कार गराउँने लक्ष्यले आयोजना गरेको प्रशिक्षण कार्यक्रम आफैमा प्रभावकारी रहेको बताउँनु भएको थियो ।

त्यस्तै प्रशिक्षकको तर्फबाट बद्री तिवारी, प्रदेश समितिका अध्यक्ष एवम कार्यक्रमका सभापति एनके दाहाल,केन्द्रीय सदस्य सदस्य जानुका बराल महासचिव श्रीजन झा ,भक्तपुर महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी , काठमाडौं महासंघका सचिव मोहनपन्त लगायतले वोल्नु भएको थियो ।  प्रशिकद्दय बद्री तिवारी र भवानी बरालले प्रस्तावित विषयमा ४दर्जन नयाँ तथा पुराना सञ्चारकर्मीलाइ छुट्टाछुट्टै प्रारम्भिक प्रशिक्षण दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।