शुक्रबार, बैशाख ७, २०८१

सत्तारुढदल नेकपाभित्र प्रधानमन्त्री पदको आलोपालोको चर्चासंगै अध्यक्षद्दयवीच दरार

सहमति कार्यान्वयन नभए महाभूकम्पको संभावना

काठमाडौं जेठ १८,  सत्तारुढदल नेकपा भित्र अहिले प्रधानमन्त्री पदको आलोपालोको प्रसंगले निकै चर्चा पाउँन थालेका छन । नेकपाका अध्यक्षद्दय केपी ओली र प्रचण्डवीच पार्टी एकिकरणको क्रममा भएको सहमति अनुरुप अवको समयक्रममा वहालवाला प्रम आलीले प्रधानमन्त्री पदको जिम्मेवारी प्रचण्डलाइ दिनुपर्ने चर्चाचलेसंगै नेकपा वृतमा एकाएक तरंग पैदा भएको हो ।

यहाँसम्मकी पूर्व सहमति अनुरुप प्रम ओलीले प्रधानमन्त्री पदमा आफुलाई हस्तान्तरण नगरे वा २०७५ जेठ २ गते गरिएको पाँच बुँदे सहमतिमा इमान्दारिता कायम नभए परिस्थितिले अर्को बाटो तय गर्ने चेतावनी सहित प्रचण्डले यसअघि एक सञ्चार माध्यमसंगको कुराकानीको क्रममा उठान गरिसकेका छन ।  त्यस्तै उहाँले कुराकानीको क्रममा कित पार्टीको सम्पूर्ण अखितयारी कित आलोपालो अनुरुप प्रमको जिम्मेवारी हस्तान्तरण हुन पर्ने जिकिर गर्दै यस्तो चेतावनी दिनु भएको हो ।

स्मरण रहोस पार्टी एकिकरणको समयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रवीच विष्णु पौडेल र जनार्दन शर्माको उपस्थितीमा प्रधानमन्त्रीको कार्यकाल भने आधा आधा अर्थात् अढाई अढाई वर्ष भागबण्डा गर्ने तय भएको पनि खुलासा भएको छ ।

त्यस्तै वहालवाला प्रम ओलीले भारतीय प्रमको सपथग्रहण कार्यक्रममा सहभागी हुँदै स्वेदेश फिर्ने क्रममा हवाइजाहजमा पत्रकार ऋषि धमलालाइ दिएको अन्र्तवार्तामा दावीका साथ आफुनै ५ वर्षे कार्यकालको लागि प्रम भएको बताउँदै पार्टी  एकिकरणको क्रममा के कस्तो सहमति भएको हो त्यो प्रचण्डलाइ र आफुलाइ राम्ररी थाहा भएको बताउँनुले प्रम ओली पूर्व सहमतिमा इमान्दार नभएको सहजै वोध गर्न सकिने प्रचण्ड निकट स्रोतको  दावी रहेको छ । साथै यसवीचमा सहमति कार्यान्वयनको क्रममा अलमल भए  अध्यक्ष प्रचण्डले भने जस्तो उनले पार्टी एकताका समयमा गरेको सहमतिबाट कसैले दायाँबायाँ गर्न खोजे या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने चेतावनीले सार्थकता पाउँने संभावना देखिन थालेको समाचारस्रोतको दावी रहेको छ ।

त्यस्तै अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गर्यो र पार्टी सन्तुष्ट भयो भने ओलीले ५ वर्ष नै सरकार चलाउन सक्ने भन्दै उनले कतिपय सन्दर्भमा सरकारको कामकारवाहीप्रति असन्तुष्टी प्रकट गरेको अवस्था र वहालवाला प्रम ओलीको अठान कायम रहिरहने हो भने नेकपा भित्र महाभूकम्पको संभावनालाइ किमार्थ नर्कान सकिन्न ।

यसअर्थमा पनि अध्यक्ष प्रचण्डले भनेजस्तै कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ । राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न नहुँनेमा जसरी जोड दिनु भएको छ त्यसरीनै प्रम ओलीले पनि इमान्दारिता देखाउँनु पर्ने सम्वद्ध स्रोतको  अभिव्यक्तिलाइ मनन गर्दैप्रचण्ड कै भनाइ अनुरुप हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले नजालान भन्न सकिन्न ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।