शुक्रबार, बैशाख १४, २०८१

सडक र नदीको सफाइसंगै देशको विकृतिपूर्ण राजनीतिको पनि सफाइ जरुरी : सभामुख महरा

भक्तपुर असार १४/ राम चन्द्र प्रजापति ,  सभामुख कृष्णबहादुर महराले वातावरको सुसफाइसंगै मुलकको राजनीतिमा पनि विद्यमान यावत विकृतिको सफाइ गर्न जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७०औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उहाँले सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी रहेको बताउँनु भएको हो ।

उहाँले हरेक व्यक्तिले दुई वटा रुख रोप्नु पर्ने बताउदै अहिले वृक्षारोपण गरीएको स्थान देशकै पर्यटकिय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको र यसवाटैनै मुलुकको ठूलो आर्थिक उन्नती गर्न सकिने बताउनु भएको छ ।

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्दै करीब २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको रु ७० लाखको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माण गर्ने बताउँनु भएको छ ।

कार्यक्रममा प्रदेश सासद शशिजङ थापा सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मघिकर्मी, दक्षिण बाराही उद्यान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगायले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर चाँगुनाराण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतको आतिथ्यता रहेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।