बिहिबार, बैशाख १३, २०८१

विपक्षी दललाइ बोल्न समय नदिएपछि संसद बैठक अवरुद्ध

काठमाडौ असार ३ , प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै गर्दा सभामुखले विपक्षी दललाइ बोल्न समय नदिएपछि आजको बैठकको कार्यसूची प्रभावित मात्र नभइ बैठकनै बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन भएको छ ।

विपक्षीदलका सासंदहरुले विरोध जनाउँने क्रममा प्रतिपक्षीदलका सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्ट्रम अगाडि गएर नाराबाजी गरेसंगै आजको बैठक अवरुद्ध भएको हो ।

त्यस्तै बैठकमा सभामुखले प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहनुभएकाले उहाँको वक्तव्यपछि तपाईंहरूलाई बोल्न समय दिइने भन्दै विपक्षी सासंदलाइ बोल्न समय उपलब्ध नगराएपछि प्रधानमन्त्री केपी ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा पुग्नुभए पनि सम्बोधन गर्न नपाएपछि सभामुखले बैठक स्थगनको घोषणा गर्नुभयो थियो ।

आजको बैठकमा विनियोजन विधेयकमाथि जारी छलफलमा तीन मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि चार वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कायूसूची रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।