बिहिबार, बैशाख १३, २०८१

विधेयक फिर्ता होइन खारेजीको माग गर्दै नयाँ सडकमा हस्ताक्षर संकलन

मन्त्रीद्दय वाँस्कोटा र अर्यालको राजीनामा माग

काठमाडौ असार ६ , सदक देखि सदनसम्मको चौंतर्फी दवाव पछि सरकारले गत वैशाख १९ गते राष्ट्रियसभा सचिवालयमा भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गराएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएपनि आन्दोलनका कार्यक्रम जारी नै रहेको राखेका छन ।

आन्दोलित राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले विधेयक फिर्ता नभइ खारेजी र गुठी सामन्तीको अवशेष गुठीयार समान्त भएको हो  भन्ने जस्ता अभिव्यक्ति दिने सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा भूमाफियाको इशारामा गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधनको नाममा वधेयक दर्ता गराउँने भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको राजीनामा माग गर्दै आज राजधानीको नयाँ सडकमा वृहत हस्ताक्षर संकलन कार्यक्रमको आयोजना गरेका छन ।

 विधेयक फिर्ता मात्रले आफुनमो माग पूरा नभएको जनाउ सहित विधेयक खारेजीको लागि भन्दै संयुक्त सघर्ष समितिले आज अपरान्ह प्रस्तुत कार्यक्रमको आयोजना गरेको हो ।  त्यस क्रममा विधेयक फिर्ता धोका हो ,  सरकार तेरो पाराले दु:ख पायो साराले , विधेयक फिर्ता होइन खारेज हुनु पर्ने माग गरिएको प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।