शुक्रबार, बैशाख ७, २०८१

यही ढर्राले पार्टी चल्ने हो भने कम्न्युष्ट सरकारको दवदवा झेल्न मुस्किल : नेता सिंह

काठमाडौ जेठ २०, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यही ढर्राले पार्टी चल्ने हो भने कम्न्युष्ट सरकारको दवदवा झेल्न मुस्किल हुने बताउँनु भएको  छ ।  त्यस्तै उहाँले  पार्टी नेतृत्वले सदन देखि सडकसम्म प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु संघीय संरचना अनुरुप पार्टीको संरचना बन्न नसक्नु र कार्यकर्ता वृतमा यथोचित जिम्मेवारीको बाँडफाँड गर्न नसक्दा संगठनमा शिथिलता आउँनुको अलावा पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान समेत  प्रभावकारी हुन नसकेको   बताउँनु भएको छ ।

त्यस्तै  पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले    सोमबार राजधानीको क्षेत्रपाटीस्थित निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको छलफलको क्रममा  पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग भएको जिकिर गर्दै नेतृत्वले समयमानै गहन चिन्तन नगर्ने हो भने काँग्रेसको अस्था भावी दिनमा झन नाजुकहुने बताउँनु भएको हो ।

साथै उहाँले मलुकमा बढ्दो कम्न्युष्ट सरकारको बढ्दो दवदवाकावीच त्यसको प्रतिकारमा जुट्नुपर्नेमा पार्टी नेतृत्वले सशक्त र प्रभावकारी भूमिका सहित प्रस्तुत हुँन नसक्दा समस्या झन जेलिएको जिकिर गर्दै   यसवीचमा पार्टीमा आफुले प्रस्तुत प्रसंगको उठान गर्दा नेतृत्वको विरोध गर्यो भन्ने आफूलाई आरोप लाग्ने गरेको  बताउँनु भयो ।  तथापी संगठनको सुधारका लागि आवश्यक सम्पूर्ण कदम उडाउँन आफु तयार रहेको बताउँदै काँग्रेसलाइ काँग्रेस बनाउँन अव विलम्व गर्न नहुँने र कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो बताउँनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31