बुधबार, बैशाख १२, २०८१

मिडिया विधेयक विरुद्ध देशव्यापी हस्ताक्षर सङ्कलन अभियान

सङ्कलित हस्ताक्षर जिप्रका मार्फत शुक्रवार प्रम ओलीलाइ बुझाइने

काठमाडौं असार ३,  सरकारले सङ्घीय संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा शुरु गरेको नेपाल पत्रकार महासङ्घले आफ्नो तेस्रो चरणको आन्दोलन अन्र्तगत आज देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको छ ।

विधेयकमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेको भन्दै सरकारलाई फिर्ता लिनका लागि दबाब दिन महासङ्घका देशभर रहेका जिल्ला शाखा/प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा आजदेखि बिहीबारसम्म हस्ताक्षर अभियान सञ्चालन गरको हो ।

मिडिया विधेयकको विरोधमा सङ्कलित हस्ताक्षरलाई शुक्रवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइने कार्यक्रम रहेको छ । साथै महासंघले महासंघ प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित यो अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति हार्दिक आहृवान समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।