बिहिबार, चैत्र १५, २०८०

मिडिया विधेयक विरुद्ध जारी आन्दोलनमा साहित्यिक पत्रकार सङ्घको ऐक्यबद्धता

काठमाडौ जेठ २७ नेपाल साहित्यिक पत्रकार सङ्घले संसद्मा प्रस्तुत भएको ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन गर्न माग गरेको छ । सो विधेयकका कतिपय व्यवस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने भन्दै सङ्घले परिमार्जनको माग गरेको हो ।

सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा आज सम्पन्न सचिवालय बैठकले नेपाल पत्रकार महासङ्घलगायत संस्थाले विधेयकको विरोधमा सञ्चालन गरेको आन्दोलनमा ऐक्यबद्धता रहने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।