शुक्रबार, बैशाख ७, २०८१

मन्त्रीको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि आक्रमण

काठमाडौं असार ११,   नेपाली काँग्रेसल कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं.१० को डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोध गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई खानेपानी मन्त्री विना मगरको निर्देशनमा नेकपाका कार्यकर्ताहरुले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।

काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी विज्ञप्तिमा मंगलवार डोकेबजारमा काङ्ग्रेसका कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत २० जनन माथि आक्रमण गरेको उल्लेख गरेका छन ।

त्यस्तै विज्ञप्तिमा घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको उल्लेख गरिएको छ । त्यस्तै काङ्ग्रेसले घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।