शुक्रबार, चैत्र १६, २०८०

भक्तपुरमा शताब्दी पुरुष जोशीलाइ नागरिक अभिनन्दन गरिने

भक्तपुर जेठ ३२, राम चन्द्र प्रजापति / वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाइ आगमी आसर ६ गते भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ ।  शताब्दीपुरुष जोशी एक सय वर्ष पुगेको अवसरमा उहाँलाइ नागरिक अभिनन्दन गरिन लागेको हो ।

नरेन्द्र भक्त हाडाको संयोजक्त्वमा गठित २०१ सदस्यीय शताब्दी पुरुष सत्यमोहन जोशी मूल अभिनन्दन समारोह समितिको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार अभिनन्दनका लागि समतिको तर्फबाट असार २ गते नेवारी परम्परा अनुसार ग्वंय दां अर्थात निमन्त्रणा दिन जाने कार्यक्रम तय भएको  समितिले जानकारी दिएको छ ।

त्यस्तै असार ६ गते मध्यपुर थिमिमा बिहान ११: ४५ बजे बाहाखा बजारबाट शंखधर चोक सम्म र सोही दिन दिउँसो १२ :३० बजे दतात्रयबाट हुने शोभा र्‍यालीसंगै सूर्यविनायक बराहिस्थानको अजिमा पार्टी महलमा  जोशीलाइ सिङ्गो भक्तपुर जिल्लाको तर्फबाट नागरिक अभिनन्दन गरिने महेन्द्र गोपाल कर्मचार्यले जानकारी दिनु भएको छ ।

त्यस्तै अभिनन्दनको क्रममा हुने सांस्कृतिक र्‍याली पनि गर्ने भएको छ । सांस्कृतिक र्‍याली व्यवस्थापन गर्नको लागि रामगोपाल चौगुठीको संयोजकत्वमा ३५ सदस्यीय स्वयम सेवक परिचालन समिति पनि गठन गरिएको जानकारी दिईएको छ ।

यसअघि वाङ्मय शताब्दी पुरुषको जन्मशतवार्षिकीको अवसरमा  उहाँलाइ ललितपुरको मङ्गलबजारदेखि पुल्चोकको महानगरपालिकासम्म रथमा बसाएर नगर परिक्रमा गराइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।