शुक्रबार, बैशाख १४, २०८१

बुधबार सार्वजनिक बिदा

काठमाडौ जेठ २१ , सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । गत १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए। गत वर्ष सरकारले बिदा कटौती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाको माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको हो।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।