शुक्रबार, चैत्र १६, २०८०

बिपीको विचारलाइ आत्मासात गर्न नसक्दा प्रजातान्त्रिक आधारस्तम्भ कमजोर: नेता गुरूङ

काठमाडौ जेठ १८, नेपाली काङ्ग्रेसका नेता केबी गुरूङले काँग्रेसले विपीको विचारलाइ आत्मासात गर्न नसक्दा आज एक पछि अर्को गर्दै प्रजातन्त्रिक धरोहर कमजोर बन्दै गएको बताउँनु भएको छ । बिपी विचार राष्ट्रिय समाजको संस्थापक अध्यक्ष समेत रहेका नेता गुरूङले समाजको ७ औै महाधिवेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा पूर्वसभामुख एवं पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि बिपी विचारलाई स्थानीय तहसम्म पु-याउनु आजको आवश्यकता भएको बताउँनु भएको छ ।

कार्यक्रममा समाजका सहअध्यक्ष गोविन्दराज जोशी पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे , काँग्रेसका युवा नेता लोकेश ढकाल, प्राडा वासुदेव खनाल , अरूणकुमार सुवेदी,समाजका महासचिव विनयध्वज चन्द लगायतले विपीको विचार माथि प्रकाश पार्नु भएको थियो । आइतबारसम्म समजको महाधिवेशनमा ७७ जिल्लाका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।