बिहिबार, बैशाख १३, २०८१

बजेटमाथिको सैद्धान्तिक छलफल सकेलगत्तै सासंद र अर्थमन्त्री खतिवडावीच प्रश्नोउत्तर 

काठमाडौं जेठ २३ , गत जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले संघीय संसदमा प्रस्तुत गर्नु भएको १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।

संघीय संसदको आज बस्ने बैठकमा आइतबारदेखि सुरु भएको छलफलमा आज केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री डा।युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसदसचिवालयले जनाएको छ ।

छलफलको क्रममा सरकारको पतर्फबाट प्रस्तुत बजेटमा कुनै नयाँपन नभएको त्यस्तै सांसद विकास कोषको नाममा सांसदहरुलाई ६ करोड दिनु आवश्यक नभएको विपक्षी सांसदहरुले बताउँदै गर्दा सत्तारुढ दलका सांसदहरुले भने प्रस्तुत बजेटले नेपालको समृद्धितर्फको यात्रालाई मजबुत बनाउने बताउँदै आएको छ । आजको बैठकमा अर्थमन्त्रीको सवाल जवलफ सके लगत्तै शुक्रबारदेखि जेटमाथिको मन्त्रालयगत छलफल शुरुहुँने सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।