बुधबार, बैशाख १२, २०८१

प्रम ओलीले ट्वीट गर्दै भने- मलाइ आज ज्यादै दु:ख लागेको छ

काठमाडौं असार ३,  प्रधानमन्त्री केपी ओलीले आजको प्रतिनिधी सभाको बैठकमा युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा पुग्नुभए पनि प्रतिपक्षीदलका अवरोधका कारण सम्बोधन गर्न नपाउँदै बैठक स्थगन हुनुले आफुलाइ दुःख लागेको बताउँनु भएको छ ।

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका विषय सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।”

यद्यपी प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।