शुक्रबार, चैत्र १६, २०८०

  प्रधानमन्त्री ओलीले भने- जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिए

राम चन्द्र प्रजापति/ भक्तपुर जेठ २४ , प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै अव सबैलाई देशमै रोजगारी दिइने बताउँनु भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्नुभएको थियो । साथै उहाँले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा सरकार के गरेर बसेको छ रु भनि प्रश्न गर्ने विपक्षीलाई बोलेर भन्दा पनि नतिजामूखी काम गरेर देखाउने बताउँदै सोही कार्य अनुरुप बेरोजगारीलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यको आजदेखी शुभारम्भ गरिएको बताउनुभयो ।

साथै प्रधानमन्त्रीले प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउँदै ‘डिजिटल नेपाल’ बनाइने बताउँदै जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन बताउँनु भएको छ ।

त्यस्तै भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजना एवम् मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको सभापतित्वमा सम्पन उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै देशैभरि सरकारले ५ लाख बेरोजगार युवालाई व्यवस्थित रूपमा रोजगारी दिने तयारी गरेको बताउँनु भएको छ ।

त्यस्तै प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले सरकारले यो कार्यक्रमका लागि भक्तपुरका चार नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट पठाएको उजानकारी प्रवाह गर्दै सरकारले रोजगार बैंकको स्थापना गर्दै आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गरिने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।