बिहिबार, बैशाख १३, २०८१

पाँचौ नगरसभाको लागि सूर्यविनायक नगरपालिकामा २ दिन विदा

भक्तपुर  असार ८ , सोमवारबाट शुरु हुने नगरपालिकाको पाँचौ नगरसभा २०७६ को लागि भक्तपुरको सूर्यविनायक नगरपालिकाले २ दिनका लागि विदा दिएको छ ।

नगरपालिका द्धारा आजजारी विज्ञप्तिमा पाँचौ नगरसभाको तयारी र व्यवस्थापनकालागि सूर्यविनायक नगरपालिका वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा मिति २०७६ साल असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आर्थिक वर्ष २०७६ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।