शुक्रबार, बैशाख ७, २०८१

पशुपतिनाथ मन्दिरको २३२ रोपनी जग्गा कहाँ हरायो ?

काठमाडौं जेठ २३,  पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको २३१ रोपनी १० आना एक दाम साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ ।

कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा बनेको समितिले पशुपतिनाथको स्वामित्वमा रहेको झन्डै ५ हजार ८० रोपनी जग्गामध्ये २३२ रोपनी जग्गाको लागत दर्ता प्रमाणित हुन बाँकी रहेकाले सो जग्गाको अवस्था थाहा हुन नसकेको हो । कोषका सदस्य सचिव डा। प्रदिप ढकालले छानबिनका क्रममा सो जग्गा पशुपतिनाथको नाममा रहेको पाइए तापनि जग्गा कहाँ छ भन्ने जानकारी नरहेको र साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी रहेको बताए । समितिले सरकारले गठन गरेको उच्चस्तरीय भूमि आयोगबाट हराएको जग्गा खोजी गर्नुपर्ने आवश्यकता रहेको जनाए ।

पशुपतिनाथको अचल सम्पत्तिको रूपमा जग्गा÷जमिन तथा पाटी, पौवा, सत्तल पर्दछन् । हाल कोष मातहत तीन कार्यालयको जग्गा कुल १८ हजार ३४२ रोपनी रहेको प्रतिवेदनमा उल्लेख छ । पशुपतिनाथको स्वामित्वमा दर्ता प्रमाणित जग्गा ३ हजार ६६७ रोपनी चार आना, तीन पैसा साबिक लागतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २३१ रोपनी १० आना एक दाम छ । त्रिभुवन विमानस्थल र गल्फ कोर्समा रहेको १ हजार १६१ रोपनी १४ आना तीन पैसा जमिन तथा तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जमिन पनि पशुपतिनाथको हो ।
यस्तै, कोषले विभिन्न समयमा अधिग्रहण गरेर ल्याएको १ हजार ५०५ रोपनी दुई आना दुई पैसा तथा सरकारले २०४६ सालमा उपलब्ध गराएको ५३४ रोपनी जमिन पनि पशुपतिनाथसँग छ । पशुपतिनाथको स्वमित्वमा ११९ वटा पाटी, पौवा, सत्तल छन् भने गुठी संस्थानतर्फ १९५ गुठीअन्तर्गत ११ हजार २६१ रोपनी जमिन पनि छ । जसमध्ये २३१ रोपनी जग्गा लगत दर्ता प्रमाणित हुन बाँकी छ ।

गुठीले दिनै मानेन विवरण : पशुपति क्षेत्रमा रहेका गुठी संस्थानअन्र्तगतका १९५ गुठीेका जग्गा तथा आम्दानीबारे जानकारी माग गर्दा संस्थानले विवरण उपलब्ध नगराएको छानबिन समितिका पदाधिकारीहरूले बताएका छन् । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार समितिले विवरण माग गर्दा गुठी संस्थानले असहयोग गरेर विवरण उपलब्ध नगराएको जानकारी दिए । गुठीको असहयोगपछि समितिले गुठी संस्थानको २०५६ सालको वार्षिक प्रतिवेदनलाई आधार मान्दा संस्थानले असुलउपर गरेर चलाउनुपर्ने, महास्नान गुठीलगायत गुठीको जग्गा ११ हजार २ सय ६१ रोपनी तीन पैसा एक दाम देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कति छ पशुपतिनाथको चल सम्पत्ति ? वर्षांैदेखि खुल्न नसकेको पशुपतिनाथको मूल ढुकुटीमा रहेको सम्पत्तिबारे धेरैले चासो राख्ने गरेका छन् । यस सम्बन्धमा विभिन्न समयमा देखिएका समस्याका कारण ढुकुटीको मुद्दा अदालतमा पुग्यो । तत्पश्चात् सर्वोच्च अदालतले २७ पुष २०६७ को उत्पे्रषणयुक्त परमादेशबाट ढुकुटी खुल्न सकेको छैन । ढुकुटीमा सुनचाँदीलगाायत अर्बौंको सम्पत्ति रहेको अनुमान गरिएको छ ।
सर्वोच्च अदालतले मुल ढुकुटी खोल्न रोक लगाएकाले अध्ययन समितिले २०१९ सालदेखि २०७५ सालसम्म अभिलेखित विवरणलाई नै आधार बनाएको छ ।

प्रतिवेदनअनुसार हिन्दू धर्मावलम्बीहरूको आस्थाको मुख्य धरोहरमा पर्ने पशुपति मन्दिरसँग नौ किलो सुन, ३१६ किलो चाँँदी र एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ नगद बैंकमा मौज्दात रहेको कोषको सम्पत्ति संरक्षण तथा आर्थिक प्रशासन महाशाखाले जनाएको छ । तीमध्ये १ अर्बको अक्षय कोष निर्माण गरिएको छ । अक्षय कोषको ब्याजबाट प्राप्त हुने रकम समाजसेवामा खर्च गरिने कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । कोषको बम्बे ढुकुटीको भाडावर्तन अभिलेख र गुठीतर्फको १९५ गुठीको सुन, चाँदी तथा जिन्सीको हिसाब अझै प्राप्त हुन सकेको छैन । समितिले तीलगंगा आँखा अस्पत्तालसँग ३ असार २०७२ मा कोषका तत्कालीन अध्यक्षको नामबाट प्रतिरोपनी ४० हजार भाडा कायम गरेर ४९ वर्षका लागि गरिएको सम्झौतासमेत पशुपति विकास कोष सञ्चालन समितिबाट निर्णय नभएको पत्ता लागेको छ। राजधानी दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31