बिहिबार, चैत्र १५, २०८०

पत्रकार शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौ जेठ २१,  नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र महासंघ उपत्यका प्रदेश समितिले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै पत्रकार गोविन्दप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आज महासङ्घका महासचिव रमेश विष्ट र उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले जारी गर्नु भएको शोक विज्ञप्तिमा शर्माको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा मुलुकको कृषि पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पु-याउँदै आउनुभएका शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै उपत्यका प्रदेश समितिको विज्ञप्तिमा किसान टेलिभिजनका सञ्चालक, कृषि पत्रकार सङ्घ प्रतिष्ठानका अध्यक्ष समेत रहेका पत्रकार शर्मा र सहयात्री आइटी पर्सन एवम् चन्द्रमणि मुडभरी सवार मोटरसाइकल जेठ १९ गते सानेपास्थित चक्रपथमा मोटरसाइकल र स्करपियो एकापसमा ठोक्किँदा शर्मा र मुडभरीको निधन भएको उल्लेख गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । शर्मा र मुडभरी दुवैको आजै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।