शुक्रबार, चैत्र १६, २०८०

नेवारी सांगितिक प्रतियोगिता नेवाः आइडलको आयोजना गरिने

काठमाडौं जेठ १८, नेवारहरुको छुट्टै पहिचान बोकेको नेवारी सांगितिक प्रतियोगिता नेवाः आइडलको आयोजना गरिने भएको छ ।
नेपालका सबै जिल्ला लगायत भारतको सिक्किम, दार्जिलिङ, आसाम, मेघालयमा नेवारी मुलका प्रतियोगीको सहभागीता रहने बताईएको प्रस्तुत  प्रतियोगितामा नेवार समुदायबाट प्रतिनिधित्व हुने गरी सातै प्रदेशमा र काठमाडौंमा विशेष अडिसन एवं विदेशमा पनि अडिसनको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

राजधानीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रस्तुत ईमेज च्यानल र नेवाः एचडी टिभीले प्रत्यक्ष प्रशारण गर्ने बताईएको प्रतियोगिताका प्रारम्भिक अनुमानित लागत र ३ करोडको हाराहारीमा रहेको प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई गाडी, मोटरसाइकल, स्कुटर तथा नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिईएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा राजु श्रेष्ठ, देवेन्द्रमान जोशी, मनोज नेवाः खड्गी र अञ्जिता खड्गी लगायतले प्रतियोगितको विविध पक्षमाथि प्रकाश पार्दै कार्यक्रमको प्राविधिक पक्षको जिम्मा बेलटेक प्रा.लि.ले लिने सहमति भएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।