शुक्रबार, बैशाख ७, २०८१

नेपालभाषाको चलचित्र “लिबाय् धुंकाः”को प्रिमियर हुने

ललितपुर जेठ २५ , नेपालभाषाका लोकप्रिय चलचित्र बकंफुसुलु, भद्रगोल, हिसिमदु, चन्द्रमान आदिको सफल निर्देशन तथा प्रस्तुति पछि नेपालभाषाको अर्को हास्यव्यङ्ग्य विधाको चलचित्र “लिबाय् धुंकाः”को प्रिमियर सोे हुने भएको छ ।

शुक्रवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक राजेशमान सिंहले चलचित्रको प्रिमियर सोेको जानकारी दिदै चलचित्रको विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो ।

प्रस्तुत चलचित्रमा वरिष्ठ कलाकार आशाकाजी थकु, नारायणदेवी प्रधान रहनु भएको छ भने मञ्जु श्रेष्ठ, आर.एल. महर्जन, आराध्यलक्ष्मी खड्गी, सुरज श्रेष्ठ बकंफुसुलु, भिमसेन रिसाल, कुमार कार्की लगायतका वरिष्ठ कलाकारसंगै उत्तम खत्री, रामराजा भाम, मोहिद्दिन खान, देवकुमारी खड्गी, मैया श्रेष्ठ, आश्मा देशार, राजेश श्रेष्ठ, राजेश महर्जन, भेष महर्जन, प्रविण शाक्य, राकेश खड्गी तथा निर्देशक स्वयंको पनि अभिनय रहेको छ ।

त्यस्तै शंकर महर्जनको छायाँकन रहेको चलचित्रमा नायिका आराध्यलक्ष्मी खड्गीको कोरियोग्राफी रहेको छ भने भिएफएक्स राजनशाक्य र पीयूष कायस्थले गर्नुभएको छ । द्वन्द निर्देशन सुरज श्रेष्ठको रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31