बुधबार, बैशाख ५, २०८१

निर्वाचित नेतृत्वको विजय जुलस सहित ठमेल परिक्रमा

काठमाडौं जेठ २७ , ठमेल पर्यटन विकास परिषद्को शनिवार भएको २४औँ वार्षिक अधिवेशनबाट परिषदमा नेतृत्वमा निर्वाचित प्रकाश नरसिंह राणा नेतृत्व प्यानलले आज विजय जुलस सहित ठमेल परिक्रमा गरेका छन ।

परिषदको नेतृत्वको लागि भएको निर्वाचनमा नव निर्वाचित अध्यक्ष रहेका राणाले ३३३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्प्रर्धी समिर गुरुङ्गले ३६ मत र अर्का उम्मेदवार अर्जुन प्रधानले २१३ मत प्राप्त गर्नु भएको थियो ।

१५ सदस्यीय कार्यसमिति रहेको परिषदको निर्वाचित पदाधिकारीमा उपाध्यक्ष त्रयमा राजुमान डंगोल,भविश्वर शर्मार गीता गुरुङ रहनु भएको छ ।  त्यस्तै महासचिवमा ध्रुव अधिकारी,सचिव , बद्रि प्रसाद तिमिल्सिना ,कोषाध्यक्ष पुण्यराम लगेजु निर्वाचित हुनु भएको थियो ।

त्यस्तैगरि कार्य समिति सदस्यहरुमा क्रमस दिनेश श्रेष्ठ ,राजेन्द्र दुलाल, केशव बस्नेत,सुरेन्द्र श्रेष्ठ (राजन) ,कर्मा घले , स्वप्नील शर्मा,रुपेश गुरुङ रनरेन्द्र ब श्रेष्ठ रहेका छन । परिषदमा ८ सयभन्दा बढी व्यवसायी आवद्ध रहेका छन् ।  परिक्रमाको क्रममा व्यवासयीहरुले निर्वाचनको क्रममा अभिव्यक्त १६ बुँदे प्रतिवद्धताको कार्यान्वयन गर्न सफल होस भन्ने कामना गर्दै शुभकामना दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31