बुधबार, बैशाख १२, २०८१

धादिङ गल्छी गाँउपालिकामा जीप दुर्घटना : पाँचको मृत्यु, दश घाइते

धादिङ असार   ६,  जिल्लाको गल्छी गाँउपालिका – ६ बाँझगाउँमा आज दिउँसो बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ पल्टिदा भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा वडा नं.६ का २५ वर्षीया नानु तामाङ,सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाउँदै दुर्घटनाका घाइतेको स्थानीय अस्पतालमा सामान्य उपचार थप उपचारका काठमाडौं पठाइएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।